सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ : कोइराला
काठमाडौँ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भईरहेको आरोप लगाएका छन्।

टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको बताउंदै नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई नै कमजोर बनाउने उनकोको ठम्याइ छ ।
उनले भने, उच्च अदालत, जिल्ला अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’file foto

