नेपाल संस्कृत विश्वविद्यालयले ३१ जेठमा दीक्षान्त समारोह गर्ने



काठमाडौं।नेपाल संस्कृत विश्वविद्यालयले ३१ जेठमा दीक्षान्त समारोह गर्ने भएको छ।

विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दियो । हरेक वर्ष विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्रसहित दीक्षित गराउनुपर्ने भए पनि २०६८ सालदेखि दीक्षान्त समारोह हुनसकेको थिएन ।

विश्वविद्यालयले कुलपति रहने प्रधानमन्त्रीको समय नमिल्दा र खर्च पनि धेरै हुने भएकाले दीक्षान्त समारोह हुन नसकेको बताउँदै आएको थियो । तर, यसपटक भने प्रधानमन्त्रीको समय मिलेको भन्दै दीक्षान्त समारोह गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्