सिन्धुलीको दुधौलीमा सर्पले डस्दा एक महिलाको मृत्यु




सिन्धुली।सिन्धुलीको दुधौलीमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।दुधौली नगरपालिका-१० कुर्था बस्ने ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्