सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल मोबाइल व्यवसायी महासङ्घबीच सम्झौता



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल मोबाइल व्यवसायी महासङ्घबिच बिमा सम्बन्धी सम्झौता भएको छ । कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा र सहज सेवा उपलब्ध गराउनका लागि सङ्घ र इन्स्योरेन्सबीच बिमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चकी क्षेत्री र महासङ्घका अध्यक्ष भरत भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल मोबाइल व्यवसायी महासङ्घसँग आबद्ध सम्पूर्ण सदस्यहरूको पसलमा रहने विभिन्न ब्रान्डका मोबाइल फोनसेट , फर्निचर , फिक्सिङ्ग को सम्पत्ति बिमा , चोरी बिमा तथा सो सँग सम्बन्धित अन्य सरसामानहरू , सदस्यहरूको अन्य सम्पत्ति तथा सवारी साधनहरू ,सदस्य र कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबाट नियमअनुसार गराउन गराउने गरी दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियाका लागि सर्भेवर नियुक्ति सरल र सहज रूपमा तुरुन्तै व्यवस्थापन गराउने भएको हो । इन्स्योरेन्सल दाबी सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू प्राप्त भए पश्चात् ५० हजार सम्मको दाबी ७ दिन भित्र र २ लाख सम्मको दाबी २ हप्ता भित्रमा र सोभन्दा बढीको दाबी ३ हप्ता भित्रमा फर्छ्यौट गरिने कुरामा दुवै पक्ष सहमति हुने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्