भरतपुरमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने
भरतपुर।’दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले ‘सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’आयोजना गरिने भएको छ।
चितवन प्रदर्शनी केन्द्र,भरतपुरमा बैशाख २२, २३ र २४ गते
आयोजना हुने सो कार्यक्रममा औद्यागिक मेशिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी गरिने आयोजकले जनाएको छ। सो प्रदर्शनी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालिको व्यवस्थापकीय साझेदारीमा हुन लागेको हो।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीले उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको प्रदान गर्ने आयोजकको अपेक्षा छ।