थपिए एक मन्त्री र एक राज्यमन्त्री,आजै लिए सपथ
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका छन्।साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार पद तथा गोपनियताको सपथ गराएका छन् ।

आजै एकीकृत समाजवादीबाट नन्दा चपाईले पनि राज्यमन्त्रीको सपथ लिएकी छन् ।
एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।

