खुम्बु पासाङल्हामुको कोङ्दे सामुदायिक वन क्षेत्रभित्र कुनै पनि किसिमको काटमार गर्न नपाईने
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्ब।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं- ३ स्थित कोङ्दे सामुदायिक वन क्षेत्रभित्र कुनै पनि किसिमको काटमार गर्न नपाईने भएको छ ।
चैत्र २८ गते मंगलबार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ का कार्यवाहक अध्यक्ष उमा विश्वकर्माको अध्यक्षता, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पा, कार्यपालिका सदस्य लाक्पा ग्याल्जेन शेर्पा, वडा सदस्य फुर्वा ग्याल्जेन शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिका कृषि शाखा प्रमुख, पशु शाखा प्रमुख समेतको विशेष उपस्थितिमा सो निर्णय गरिएको स्थानीय समाजसेवी पासाङसोना शेर्पाले बताउनुभयो।घरमा पालिएका खसी बाख्रा समेत ६ महिनाभित्र हटाइ सक्नु पर्ने निर्णय गरिएको कोङ्दे सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो।
स्थानीय बौद्ध धर्म संस्कृतिको जगेर्ना,पर्यटकीय क्षेत्रको सरसफाइ तथा वातावरणको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सो निर्णय गर्नुपरेको कोङ्दे सामुदायिक उपभोक्ता समितिका अध्यक्ष फुनुरु शेर्पाको भनाइ छ । बैठकमा कोङ्दे सामुदायिक वन क्षेत्र का स्थानीय संघ, संस्था प्रमुख तथा प्रतिनिधि र स्थानीय घरधुरीका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।