युवाहरूमा बढ्दो बिद्रोहभाव कसैको मुख थुनेर र धरपकड गरेर रोकिंदैन : पूर्बराजा शाह (शुभकामना सन्देशको पूर्ण पाठसहित)



काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले युवा पिँढी देशको विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको
टिप्पणी गर्नुभएको छ।

बिहीबार नयाँ वर्षको अवसरमा पूर्बराजा शाहद्वारा जारी शुभकामना सन्देशमा विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम बिद्रोहभाव देखिन थालेको टिप्पणी गर्दै भन्नुभएको छ, ‘यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’

सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको पूर्वराजाको भनाई छ।सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको बताउनुभएको छ।

हालैका दशकमा जानेर वा नजोर देशका विभिन्न पक्षबाट भएका कमजोरीबाट देशले दुख पाएको उनले बताउनुभएको छ । पूर्वराजा शाहले भन्नुभएको छ, ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान र सबैमा गम्भीर आँच पुगे।file foto

प्रतिक्रिया दिनुहोस्