यस्तो छ नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका



काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको २९ गते हुने निर्वाचनको समय तालिका सर्वजनिक गरेको छ। २८ गते सुरु हुने साधारणसभाका क्रममा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारले २९ गते ५० प्रतिशत मत ल्याउन नसके ३० गते अर्को निर्बाचन गरिने निर्बाचन समितिले जनाएको छ।

निर्बाचन समितिको चैत २५ गते सम्पन्न बैठकले २९ गते सो निर्णय गरेको हो। समितिका अनुसार मतदान समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म रहेको छ । निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महासंघको ५७ औँ साधारणसभामा वरिष्ठ उपाध्यक्षमा तीनजना उमेदवारी दिएका छन् । वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

समितिले मोबाइलबाहेक क्यामरा, लाइटरलगायतका प्रज्वलनशील वस्तु लैजान रोक लगाएको छ । मतदान गर्न जाँदा आफन्त वा सुरक्षाकर्मीलाई बुझाउनसमेत अनुरोध गरिएको छ । समितिले जिल्लानगर र वस्तुगतका लागि एक मतदान केन्द्र र एसोसिएटका लागि मतदान तीन केन्द्र तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्