कृष्ण सुवेदी ‘मिराज’ का चार मुक्तक



मुक्तक-
पसिना बेच्न भनी छिमेकी मुग्लान पस्यो
गरिबी छ्ँदै थियो नियतिले दशकौं फस्यो
आमा भुले पनि सम्झन्थ्यो हरदिन प्यारी,
बिर्सेर मुग्लानी प्यारीको अन्तै दिल बस्यो ।
मुक्तक -२
राहदानी हातपरेकै दिन दिल टुटे झै भो
नाता सम्बन्ध संस्कृति सस्कार छुटे झै भो
निर्यात गर्न पसिना सिवाय के छ र म सँग,
सरकार सपना देखाएर सपना लुटे झै भो ।
मुक्तक-
मलाई लडाउनेले नै उठायो पर्दा पछाडी बाट
गला जोडेर नै दिल छुटायो पर्दा पछाडी बाट
खुशी पनि कति सम्म हुन सकेको छिमेकी,
धड्कन नरोकिदै मलामी जुटायो पर्दा पछाडी बाट ।
मुक्तक-
चखेवाको जोडि देख्दा तिम्रो यादले सताउँछ
गीत ,गजल मुक्तक लेख्दा तिम्रो यादले सताउँछ
हिजो पत्थर पगाल्यो जुन चुलोमा प्रेमको रापले,
आज त्यसैमा नौनी रेख्दा तिम्रो यादले सताउँछ ।

                                           रुपा- २, कास्की

प्रतिक्रिया दिनुहोस्