उपचार खर्चको बिषयमा अतिरञ्जित प्रचार गर्न खोजियो : अध्यक्ष राई



सोलुखुम्बु।नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले दुर्घटनामा परेर उपचारका लागि आफुले लिएको रकमलाई लिएर अतिरञ्जित प्रचार गर्न खोजिएको बिषयले आफुलाई दुखित बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा अध्यक्ष राईले ५ लाख उपचार खर्च लिएको भन्दै कतिपयले आलोचना गरिरहेका बेला रहस्य खबरसंग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।सामाजिक कामको सिलसिलामा दुर्भाग्यबश दुर्घटनामा परेर आफु त्यस किसिमको सहयोग रकम लिन विवस भएपनि आफ्नो आलोचना गर्ने र तर्क बितर्क गर्ने जो कसैले दुर्घटनामा परेर यस किसिमको सहयोग लिनु नपरोस् भन्ने अध्यक्ष राईको कामना छ ।
अहिले बिरोध गरिरहेका कतिपय साथीभाई र शुभचिन्तकहरुको सल्लाह र सुझाव अनुसार आफुले गाउँपालिकाबाट उपचार खर्च लिएको स्पस्ट पार्दै उनले आफुसंगै दुर्घटनामा परेका चालकलाई गरिएको आर्थिक सहयोग समेत जोडेर आफ्नो बद्नाम गर्न खोजिएको उनले बताए।

‘बीएण्डबी जस्तो महंगो हस्पिटलमा उपचार गर्दा सात लाख रुपैयाँ खर्च भयो,आर्थिक अभावका कारण सकसपूर्ण उपचार गरेर म फर्किएं।यसलाई मानबीय ढंगले पनि नहेरी आलोचना हुनु दु:खद छ’,-अध्यक्ष राईले भने।आफुले ३ लाख ५० हजार मात्र उपचार खर्च लिएको उनको स्पस्टोक्ती छ।

दुर्घटनामा घाइते भएको सबैलाई थाहा छ,मैंले बनावटी उपचार खर्च लिएको होइन अध्यक्ष राईले भने -‘आर्थिक सहयोग लिनु मेरो ठुलो अपराध हो भने जस्तो सुकै सजाय भोग्न पनि तयार छु।’तर उपचार खर्चको बिषयलाई लिएर व्यक्त भएका आलोचना र क्रियाप्रतिक्रियाले आफुलाई सचेत बनाउने काम गरेको बताउंदै उनले गल्ती गरेको भए सच्चिन तयार रहेको बताए। file foto

प्रतिक्रिया दिनुहोस्