राप्रपाले यी तीन जनालाई बनायो उपनिर्बाचनमा उम्मेदवार
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचन हुने तीन निर्बाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ।

आइतबार बसेको राप्रपा संसदीय बोर्डको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो। बोर्ड बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। एमाले र कांग्रेसले दुई क्षेत्रमा र रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो।
उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। आगामी वैशाख १० गते मतदान हुनेछ।

