शैक्षिक योजना कार्यान्वयनमा जोड दिने माप्यदुधकोशी अध्यक्ष राइको प्रतिबद्धता
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिकामा संचालित ३ दिने शिक्षा योजना निर्माण कार्यशाला सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोग मा संचालित कार्यशालामा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, ७ ओटै वडाका वडा अध्यक्षहरु शिक्षा समितिका सदस्य निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव, शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रअहरु तथा विभिन्न फोकल शिक्षकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम समापनमा बोल्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले कार्यशाला अति नै प्रभावकारी भएको बताउनुभयो। पालिकाको शिक्षाको वास्तविक अवस्था, समस्या, कारण, र समस्या समाधानको उपायबारे विभिन्न क्षेत्र तथा अन्तर सम्बन्धित विषयमा महत्त्वपूर्ण छलफल भएकोले वास्तविक योजना निर्माण हुने विश्वास व्यक्त गर्दै योजना कार्यन्वयनमा विशेष जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो !
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले कार्यशालाबाट योजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण तथ्यांक र सुचना संकलन गरिएकोले वास्तविक योजना निर्माण हुने विश्वास व्यक्त गर्नु भयो शैक्षिक सुधारका लागि योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले योजना कार्यन्वयनको पाटोमा जोड दिनु पर्ने बताउनुभयो।
असारको ७ गते भित्र अन्तिम योजना निर्माण गरी गाउँपालिकालाई बुझाउने रीड नेपालले जनाएको को छ। कार्यक्रमको सहजीकरण शिक्षा पूर्व सह सचिव नीरा शाक्य र रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नु भएको थियो ! रीड नेपालले यो भन्दा अगाडी ६ ओटा स्थानीय तहमा कार्यशाला सम्पन्न गरी सकेको छ !

