नवनियुक्त गृहमन्त्री श्रेष्ठले गरे यी महत्वपूर्ण दुई निर्णय
काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

शुक्रबार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।
उनले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन् । उक्त फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने उनले बताए ।
उनले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए । मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनले आग्रह गरे ।file foto

