प्रधानमन्त्री प्रचण्डद्वारा सातौं पटक मन्त्रिपरिषद् विस्तार,सरकारले अझै पाएन पूर्णता



काठमाडौं।नबनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन।शितल निवासमा आयोजित कार्यक्रममा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

गएको पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

नयाँ मन्त्रीहरूमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा मन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बन्नुभएको छ ।

यस्तै जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको छ । यसअघि भौतिक पूर्वाधार मन्त्री सम्हाल्दै आउनुभएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र सङ्घीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको छ । नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएकोे छ ।

सातौँ पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेको छैन । अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँग रहनेछन् । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्