सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु गम्भीर घाइते



सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लागेर एक जनाको मृत्यु र एकजना घाइते भएका छन् ।

करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो।घटनाको अनुसन्धान भइ रहेको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्