आज थप ३४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ११२ पुग्यो
काठमाडौं।पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।यो संगै नेपालमा सकृय कोरोना संक्रमितको संख्या ११२ पुगेको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा २५ तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

