उपनिर्बाचन हुने क्षेत्रका लागि राप्रपाले तोक्यो कमान्डर



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवट निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर तोकेको छ।

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको सो पार्टीको सोमबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको पदाधिकारी बैठकले चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोक्ने निर्णय गरेको हो।कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने बताइएको छ ।

उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पनि आजको पदाधिकारी बैठकमा छलफल भएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्