सोलु-काठमाडौं बास्तोला सम्पर्क तदर्थ समिति गठन



खगिन्द्रराज बास्तोला,काठमाडौं।सोलुखुम्बु जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने बास्तोलाहरुलाई समेटी सोलु काठमाडौं बास्तोला सम्पर्क तदर्थ समितिको गठन गरिएको छ ।

शनिबार गोदावरीमा आयोजना गरिएको बनभोज कार्यक्रमले हुत्तराज बास्तोलाको संयोजकत्वमा गठन भएको ७ सदस्यीय समिति गठन गरिएको संयोजक बास्तोलाले जानकारी दिए।समितिका सदस्यहरुमा कुलप्रसाद बास्तोला, इन्द्र बास्तोला, सुबास बास्तोला, सुजन बास्तोला, रामपियारी बास्तोला र रमा बास्तोला छन् ।

उक्त समितिले छिट्टै उपत्यकाभित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने बास्तोला बन्धुहरुको भेला बोलाई समितिलाई विस्तार गर्ने संयोजक बास्तोलाले जानकारी दिए । सोलु- काठमाडौं सम्पर्क समिति गठन गर्नुको उद्देश्य आर्थिक रुपमा विपन्न र समस्यामा परेका बन्धुहरुलाई अस्पतालमा हुने सहयोग प्रदान गरी भातृत्वको भावना, आपसी सहयोगमा जोड दिई बन्धु हित र सरक्षणमा टेवा पुर्याउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्