सोलुखुम्बु एमालेले गर्‍यो ‘मिसन ग्रासरुट अभियान’को मध्यावधि समिक्षा



सोलुखुम्बु ।नेकपा एमालेले फागुन ७ गतेबाट जिल्लामा सुरु भएको मिसन ग्रासरुट अभियानको मध्यावधि समिक्षा गरेको छ।

स्थायी समिति सदस्य समेत रहेका नेकपा एमाले कोशी प्रदेश कमिटी इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न जिल्ला कमिटीको नवौं बैठकमा अभियानको मध्यावधि समिक्षा गरिएको हो।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा जिल्लाका आठवटै स्थानीय तहका कमिटीहरुले अभियान सन्चालनको अवस्था,त्यसबाट प्राप्त उपलब्धि र सांगठनिक स्थितिका सन्दर्भमा प्रतिबेदन प्रस्तुत गरेका थिए।

बैठकमा खुम्बु पासाङल्हामु गाउँपालिका कमिटी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा,नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोला,सोलुदूधकुण्ड नगरकमिटी अध्यक्ष मिङमार शेर्पा,लिखुपिके अध्यक्ष हिक्मत बस्नेत,थुलुङदुधकोशी गाउँ कमिटी अध्यक्ष भुपालसिं राई र महाकुलुङका लालमन कुलुङ लगायतले प्रतिबेदन पेश गरेको जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।

बैठकका प्रमुख अतिथि राई, बिशिस्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी गौतम,केन्द्रीय सदस्य एबम् सोलुखुम्बु इन्चार्ज मानबीर राई ,केन्द्रीय सदस्य परशुराम अधिकारी,केन्द्रीय सदस्य घनश्याम खतिवडा,केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका लागि केन्द्रिय प्रतिनिधि नरेन्द्र श्रेष्ठ,कोशी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बुद्धिकुमार राजभण्डारी र ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि तथा कोशी प्रदेश कमिटी उपसचिव शैलेश लामा,तथा प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेतलगायतका बक्ताहरुले पार्टीले सञ्चालन गरेको ग्रासरुट अभियानलाई सफल बनाउनु सबै नेता कार्यकर्ताहरुको दायित्व भएको बताउंदै यसको सफलताले पार्टीको कार्यक्रमिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताएका थिए।सिद्धान्तलाई संगठनसंग जोडेर यसलाई जनतासम्म पुर्‍याउनु र शुद्धीकरणसहित संगठनलाई सुदृढ गर्नु ग्रासरुट अभियानको मुख्य उद्देश्य रहेको उनीहरूको भनाइ थियो।

संबिधान प्रदत्त मौलिक हकको अक्षरस कार्यान्वयन गर्दै समाजबादमा पुग्ने एमालेको मूल लक्ष्य भएको बताउंदै त्यसका लागि निर्बाचनमा बहुमत प्राप्त गर्ने दिशातर्फ यो केन्द्रीत रहेको प्रमुख अतिथि गौतमको भनाइ थियो। फागुन ५ गतेबाट सुरु भएको यो अभियान बैशाख ५ मा सम्पन्न हुने भनिएको छ,तर यो कुनै न कुनै रूपमा निर्बाचनसम्म जारी रहन्छ उनले भने ।

सो बैठकले अभियान सन्चालनका लागि भावी कार्ययोजना निर्माण गर्नुका साथै अरु विभिन्न निर्णय गरेको सचिब राईले बताए।

प्रतिक्रिया दिनुहोस्