बसन्तबहादुर कुँवर : जो एआईजीको फूली लाको दुईदिनमै आईजी बने



काठमाडौं।एआईजीको फुलि लगाएको दुई दिनमै वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् ।

चारजना प्रतिस्पर्धीहरुलाई उछिन्दै महानिरीक्षक बनेका कुँवरले ०८१ चैतसम्म सो जिम्मेवारी सम्हाल्नेछन्।कुँवरलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

कुँवरसंगै महानिरीक्षक बन्ने प्रतिस्पर्धामा एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए।कुँवर एआईजी बढुवा हुँदा पनि पहिलो मेरिट लिस्टमा थिए। डीआईजी बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भएका थिए। उनी २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्