सडक खन्ने क्रममा पहिरोले पुरिएर खुम्बु पासाङल्हामुमा एक कामदारको खुट्टा चुँडियो



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सडक खन्ने क्रममा झरेको पहिरोमा पुरिएर खुम्बुपासाङ ल्हामु गाउँपालिकामा एकजना कामदार गम्भीर घाइते भएका छन् ।

थामडांडा पैयां सुर्के हुँंदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक खन्ने क्रममा ओखलढुंड्गाका पेमनुरी शेर्पा गम्भीर घाइते भएको वडाध्यक्ष्य फुनुरु शेर्पाले जानकारी दिए।

गम्भीर घाइते शेर्पाको दाहिने खुट्टा चुडिनुका साथै स्पानलकर्ड भाँचिएको वडाध्यक्ष शेर्पाले बताए।अचेत अवस्थाका गम्भीर घाइते पेमनुरीलाई सुरक्षाकर्मी र स्थानीयले उद्दार गरि सिम्रीक एयरमार्फत उपचारका लागि काठमाडौं पठाईएको छ।हाल उनको ट्रमा सेन्टरमा उपचार सुरु गरिएको शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्