नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई (निर्बाचितहरुको नामावलीसहित)



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेपाल शिक्षक संघ सोलुखुम्बुको नवौं अधिबेशनले मदन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्बाचित गरेको छ।

संघको शनिबार सम्पन्न अधिबेशनमा नेतृत्व चयनका लागि भएको निर्बाचनमा प्रतिद्वन्द्वी महाप्रसाद फुयाललाई पराजित गर्दै राई अध्यक्षमा निर्बाचित भएका हुन।निर्वाचनमा अध्यक्षमा निर्बाचित राईले २८४ र फूयालले १८१ मत प्राप्त गरेका थिए।

निर्बाचनबाट उपाध्यक्षमा राधादेवी बस्नेत,सचिवमा प्रकाश राई निर्वाचित भएको बताईएको छ। यसैगरी संघीय प्रतिनिधिमा लालप्रसाद बास्तोला,जनक कुमार थापा र भलाकाजी मगर निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ। अन्तिम समयसम्म सर्बसम्मतिको प्रयास गरेपनि सम्भव नभएपछि अध्यक्ष,महिला उपाध्यक्ष,सचिब र संघीय प्रतिनिधिका लागि निर्बाचन भएको थियो।

उता,उपाध्यक्ष राजु दुलाल,संघीय महिला प्रतिनिधि कुमारी ढुंगेल,अर्थ सचिब रेमन्तबहादुर बस्नेत,सहसचिवमा दिपेन्द्र कार्की,महिला सहचिबमा गोल्डेन राई,अर्थसहचिबमा सकुन्तला कुमारी कटुवाल र समाबेशी सहचिबमा मेरुदण्ड राई र राजकुमार यादव सर्बसम्मत निर्बाचित भएका थिए।

सदस्यमा डम्बर बहादुर मगर,दिनेश फुंयाल, मदन बिक र सन्तोष बहादुर सिंह तथा महिला सदस्यमा यसोदा निरौला,रितादेवी दाहाल र लिलादेवी गुरुङ निर्बाचित भएका थिए।

यसैगरी,प्रदेश प्रतिनिधिमा कृष्ण चौलागाईं,रामबहादुर मगर र लक्ष्मण कार्की , महिला प्रदेश प्रतिनिधिमा चुडाकुमारी केसी र यसोदा बास्तोला पनि निर्बिरोध निर्बाचित भएका थिए।

अधिवेशनको शुक्रबार सल्लेरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्