तेस्रो उपराष्ट्रपतिका लागि आज निर्बाचन, ६ बजेभित्र परिणाम आउने
काठमाडौँ।संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिका लागि आज निर्बाचन हुंदैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

