सोलुखुम्बु बहुमुखी क्याम्पसमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीसंग भिड्दै नरेन्द्र
सोलुखुम्बु।जिल्ला सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वबियु निर्बाचन यसपटक रोचक बन्ने देखिएको छ।
स्वबियु निर्बाचनमा अहिलेसम्म आफ्नो बर्चस्व स्थापित गर्दै आएको नेबिसंघले अनेरास्ववियुका बिरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) संग तालमेल गरेपछि निर्बाचन रोचक बन्ने देखिएको हो।
नेबिसंघ र क्रान्तिकारीको संयुक्त प्यानलबाट अध्यक्षमा सरीता राई र अनेरास्ववियु बाट नरेन्द्र कुलुङ प्रतिस्पर्धामा छन्। नेबिसंघ र क्रान्तिकारी जस्ता दुई ठुला विद्यार्थी संगठन मिलेर अनेरास्ववियुसंग प्रतिस्पर्धामा उत्रिएको घटनाक्रमले पनि क्याम्पसमा अनेरास्ववियुको पकड बलियो रहेको संकेतका रूपमा बुझ्नुपर्ने अनेरास्ववियुका सभापतिका उम्मेदवार कुलुङको तर्क छ।
स्वबियुमा नेबिसंघको बर्चस्व स्थापित गर्न गरिएका फर्जी भर्नाले पनि पार नलाग्ने देखेपछि क्याम्पस प्रशासनकै निर्देशनमा क्रान्तिकारीसंग तालमेल गरिएको आरोप उनको छ ।यद्यपि यसपटकको निर्बाचनमा आफ्नो प्यानलले जित हासिंल गर्ने निश्चित रहेको कुलुङले दावी गरे।
चैत ५ गते हुन लागेको निर्वाचनका लागि कुलुङको प्यानलबाट सचिमा पासाङकाजी तामाङ र कोषाध्यक्षमा सजिना प्रधान तथा सदस्यहरुमा उमेश थापा, पासाङ ल्हामु शेर्पा, इसानी राई, चुनामाया कटुवाल र बालकुमारी राई उम्मेदवार छन् ।
राई नेतृत्वको नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलवाट सचिवमा गणेश थापा र कोषाध्यक्षमा देविकला राई तथा पारसमणी घिमिरे, अन्जना कटुवाल, रेमन कुलुङ, प्रतिमा तामाङ, रेसान चन्द्र सुन्दास र उमा कार्की सदस्यका उम्मेदवार छन्।
निर्बाचनका लागि अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनले तालमेल गरेको बताईएको छ।