सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्युु



काठमाडौं ।सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

फिक्कल गाउँपालिका-३ खुरहरीमा ढुंगा निकाल्ने क्रममा माथिबाट आएको माटो ढुंगासहितको ढिस्कोले पुरिएका सोही ठाउँका अन्दाजी ३५ बर्षीय टेकबहादुर परियारको तीनपाटन गाउँपालिका-८ को बाहुन तिल्पुङमा उपचारका लागि लैजांदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्