सगरमाथा राष्ट्रिय निकुञ्जले गर्यो विद्यार्थीलाई स्टेसनरी सामान बितरण
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको ‘विद्यालय शिक्षा लक्षित वार्षिक कार्यक्रम’ अनुसार युवा वर्ष आधारभूत विद्यालयका ४२ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।
निकुञ्जको आर्थिक वर्ष २०७९/२०८० को कार्यक्रम अन्तर्गत रहेर इको क्लबमा आबद्ध सदाबहार इको क्लबका छात्रछात्राहरुलाई बुधबार सो स्टेसनरी सामान वितरण गरिएको हो ।
निकुञ्जका रेन्जर मिश्रकाजी तामाङ, निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ रणशुर गुल्म जोरसल्ले पोस्टका इन्चार्ज लगायत नेपाली सेना, विद्यालयका शिक्षक र विद्यार्थीहरु समेतको उपस्थितिमा उक्त सामान वितरण गरिएको थियो ।
स्टेसनरी सामान वितरण कार्यक्रममा निकुञ्जका रेन्जर तामाङले खुम्बु क्षेत्र इको क्लब सञ्जालले निकुञ्जको संरक्षण, सम्बर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि आपसी सहयोग र समन्वयबाट हातेमालो गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।