धनकुमारी रेग्मीका चार मुक्तक



मुक्तक १
गलत निर्णय उद्वेगमा अनिष्ट र घात हुने
सहयात्रीकाे विमतिमा घनघाेर रात हुने
सहनशीलता शून्य भए दरवार भित्र भेल,
कानुनकाे अदालतमा मिसीलका खात हुने ।
मुक्तक २
मायालुकाे साथ चाहिँने सृष्टि चल्ने रित रहेछ
अपनाउनु पर्ने अक्षुण्ण अनि अपरिमित रहेछ
समझदारी र विश्वासकाे पगरी गुथेर शिरमा,
सृष्टि थमाई पुन्य कमाउने संसारकाे जीत रहेछ ।
मुक्तक ३
हिड्ने बेला बाटाे राेकि आँसु थाेपा झारे पछि
राेक्नु न हिड्नु मलाई अल्झन यहिँ पारे पछि
मेराे हात तिम्राे शिरमा ऐभाँतकाे आशिष् प्रिया,
जहाज छुट्छ एघार बजे समय यहि टारे पछि ।
मुक्तक ४
कराेडका गाडीमा चिप्लिए हिजाे छाना नहुनेहरू
जसाे-तसाे बिहान खाए बेलुका खाना नहुनेहरू
एकाएक जिन्दगी फेरीयाे आफैमा गर्भित हाेलान्,
हिजाे गाेजीमा फुटेकाे काैडी सुकाे आना नहुनेहरू ।
भरतपुर,चितवन

प्रतिक्रिया दिनुहोस्