शेर्पाद्वारा गुम्बा र विद्यालयलाई शैक्षिक सामग्री तथा ज्याकेट बितरण
प्रदिप खालिङ/समाजसेवी तेण्डी शेर्पाले सोलुदुधकुण्ड नगरपालिकास्थित टाक्सिन्दुको सेन्डुप थर्लिङ गुम्बा तथा टाक्सिन्दु माध्यमिक बिद्यालयमा ज्याकेट र शैक्षिक सामग्री बितरण गर्नु भएको हो ।
शेर्पाले आइसल्याण्डको आर्थिक सहयोगमा शुक्रबार गुम्बाका ७० जना लामाहरु तथा शिक्षक र टाक्सिन्दु माध्यमिक बिद्यालयका २० जना शिक्षकहरुलाई ज्याकेट प्रदान गर्नु भएको हो । उक्त बिद्यालयमा अध्ययनरत २०८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको जानकारि शेर्पाले दिनु भयो ।
टाक्सिन्दुका समाजसेबी शेर्पाले आफ्नै गाउँ शैक्षिक क्षेत्र र अध्ययनरत विद्यार्थीको शैक्षिक भबिस्यको राम्रो उन्नति रहोस भन्ने अपेक्षाले यो बितरण कार्यक्रम गरेको शेर्पाले बताउनु भयो ।
आइसल्याण्डमा रहनु भएका तेन्डि शेर्पाको पर्यटकिय नागरिक साथिहरुको ५ लाखको शैक्षिक सामग्री सहयोग शेर्पाको बिशेष पहलमा बितरण कार्यक्रम सप्पन्न भएको हो।