भदौ २२ गते राष्ट्रिय शोक,२३ गते सार्बजनिक बिदा



काठमाडौं,१८ भदौ । सरकारले रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने उनले बताए ।

सरकारले रसुवा भोटेकोसी बाढीलाई ठूलो मानवीय विपद्का रूपमा लिँदै मृतकप्रति सम्मान तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन राष्ट्रिय शोक घोषणा गरेको हो ।

यसैगरी,सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय पनि गरेको छ । अघिल्लो वर्ष २३ र २४ भदौमा भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्