नयाँ गठबन्धन पनि दिगो हुंदैन : खनाल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धन पनि दिगो नहुने बताएका छन्।

बङ्गलादेशको कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसंगको कुराकानीमा निर्बाचन भएयता तीन वटा गठबन्धन भएको बताउंदै खनालले सो कुरा बताएका हुन।खनालले पछिल्लो गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा समेत दिए।
उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।
बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क ह्युमन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानवअधिकार सम्मेलन-२०२३’ लाई सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन्। उनी बिहीबार बङ्गलादेश गएका थिए।खनालले बङ्गलादेश र नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए।

