सोलुखुम्बुमा छायांकन गरिएको “सपनिमा” म्युजिक भिडियो आज सार्बजनिक



सोलुखुम्बु।साङ्गगितिक जगतमा २ दशक लामो यात्रा गरिरहनु भएका सोलुखुम्बुका संगीतकार पबिधन खालिङको संगीतमा रहेको सपनि गीतको भिडियो आज एक कार्यक्रम सहित सार्बजनिक गरिएको छ । कल्पना एल्बममा समाबेश भएको गीत मुना राईको स्वरमा रहेको छ भने, अर्जुन कुमार पाठकले रचना गर्नु भएको हो।

उक्त गितको भिडियो खालिङ ईन्टरटेन्मेन्ट द्वारा निमार्ण गरिएको छ भने, प्रदिप खालिङको निर्देशनमा सोलुखुम्बुको विभिन्न ठाउँमा छायांकन गरिएको हो । थिएटरका कलाकार बारिस सोना र सबिना राईले अभिनय गर्नु भएको छ भने पोस्टर प्रोडक्सन सिर्जन सिरिस र प्रोडक्सन म्यानेजर आशिस तामाङ्ले गर्नु भएको हो।सोलुखुम्बु एक पर्यटकीय जिल्ला भएकोले यहाँका नेपथ्यमा रहेका ग्रामीण ठाउँहरुको प्रबर्द्धन र स्थानीय स्तरमा नै केहि कार्य गरेर बिस्व सामु चिनाउन टेवा पुग्ने भन्ने निर्माण टोलिको जोड रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो माप्यदुधकोशि गाउपालिकामा भैरहेको रास्ट्रपति रनिङ सिल्ड कार्यक्रमको अबसरमा प्रदर्सन गरेको र खालिङ इन्टरटेन्मेन्टद्वारा मायाको चिनो कार्यक्रमका सभापति तथा माप्यदुधकोशि गाउपालिकाका प्रमुख बुद्दिकिरण राईले प्रदान गर्नु भएको र उक्त भिडियो खालिङ इन्टरटेन्मेन्ट नामक युटुब च्यानलमा राखिएको खालिङ इन्टरटेन्मेन्टका निर्देशक प्रदिप खालिङ्ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्