महाकुलुङको सगरमाथा माविमा शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु, २६ जना शिक्षक सहभागी



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम आजबाट सगरमाथा मावि बुङमा सुरु भएको छ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलुङले शिक्षकहरुलाई सक्रिय रुपमा तालिममा सहभागी भएर सिकेका सिपहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो।निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका शिक्षकहरुको सेवा सुबिधा बढी नै भएकोले निजि विद्यालयका शिक्षकहरु झैँ मेहनत गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा शिक्षकको महत्त्वपूर्ण योगदान हुने बताउनु भयो । शैक्षिक सुधारमा लामो समयदेखि रीड नेपालको महत्त्वपूर्ण योगदान रहेकोमा धन्यवाद दिदै वहाँलेसबै विद्यालयलाई कार्यक्रममा सहभागी गरी दिन रीड नेपाललाई आग्रह गर्नुभयो।

कार्यक्रममा प्रमुख प्राशाशकीय अधिकृत पदमबहादुर बस्नेत, सामाजिक विकास समिति संयोजक प्रखिधन राई, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवालको उपस्थिति रहेको थियो।तालिममा महाकुलुङ गाउँपालिकाका ८ विद्यालयका २४ जना शिक्षक र दूई जना स्थानीय स्रोत शिक्षक गरी २६ जनाको सहभागिता रहेको छ।तालिममा अंग्रेजी,गणित, विज्ञान प्रविधि र सामाजिक विषयलाई समेटेर प्रशिक्षण दिने रीड नेपालले जनाएको छ। तालिमको सहजीकरण अंग्रेजी मुक्ति घिमिरे, गणित सरद गौतम , विज्ञान राजीभ ढुंगाना, सामाजिकमा विष्णुप्रसाद उपाध्याय र सुजाता राई तथा प्रविधिमा सोनाम लामाले गरिरहेका छन्।

यस अगाडि सोलुदुधकुण्ड नगरपालिका , माप्य, नेचासल्यान, थुलुङदुधकोशीमा यस्तै तालिम कार्यक्रम सम्पन्न गरिएको रिड नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्