नेपाली आफैंले सरकार बनाएपछि बाह्य शक्ति अत्तालिएका छन् :ओली



काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपाली आफैँले सरकार बनाएपछि उनीहरू अत्तालिएको दाबी गर्नुभएको छ।

आफ्नो पार्टीबाट निर्वाचित सांसद्हरूलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा ओलीले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन भएको बताउंदै सो दावी गर्नुभएको हो।वहाँले भन्नुभयो, ‘हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति दिलाउनु यो सानो कुरा होइन। नेपाली जनता अहिले किन खुसी छन् भने नेपाली आफैँले सरकार बनाएका छन्।’ नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाउनुभयो ।
उहाँले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आँट नगर्नुहोस् ।’उहाँले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझीनसक्नुको भएको पनि बताउनुभयो । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उहाँले आग्रह गर्नुभयो ।छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उहाँले आग्रह गरे ।(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्