एकीकृत समाजबादीको पोलिटब्युरो बैठकले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का प्रबक्ता जगन्नाथ खतिवडाले पार्टी सरकारमा जाने नजाने कुरा पोलिटब्यूरो पुगेर मात्र हुने बताएका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै
प्रवक्ता खतिवडाले सो कुरा बताएका हुन ।उनले गठबन्धन टुट्नुमा मुख्य जिम्मेवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको पनि निष्कर्ष निकालेको छ । साथै, एमालेसँगै फेरी पार्टी मिसिन लागेको विषय सत्य नरहेको पनि प्रवक्ता खतिवडाको भनाइ थियो ।
उनले सञ्चारकर्मीसँग भने, ‘पार्टी विलय वा एकीकरण गर्नेगरी हामीले कुनै काम गरेका छैनौं। त्यसमा हाम्रो रुचि पनि छैन । हामी वाम एकता गर्दै एजेण्डाहरुमा अघि बढ्ने रुचि छ। यो अथवा त्यो पार्टीसँग एकता हुँदैछ भन्ने हल्ला निराधार हो।’
सञ्चारकर्मीले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव आएको विषयमा के हो भनेर प्रश्न गर्दा प्रवक्ता खतिवडाले त्यसबारे कुनै प्रस्ताव नआएको पनि बताएका छन्। यस विषयमा प्रवक्ता खतिवडाले बाहिर राष्ट्रपतिमा प्रस्ताव गरेर एमालेसँग एकता गर्न लागेको हल्ला चलाइएको बताए ।

