६ बर्षीय बालिका बलात्कार गरेको आरोपमा शेर्पा पक्राउ
सोलुखुम्बु। ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका ५ का २८ वर्षीय साङ्गे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ७ गार्माकी ६ वर्षीय बालिकालाई विहिबार करणी गरेको अरोपमा शेर्पालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।
बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परिक्षण गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।(सांकेतिक तस्बिर)

