को होला जसपा नेपाल संसदीय दलको नेता ?



काठमाडौं।जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् ।

जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन् ।

संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकाङ्क्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्