प्रचण्डलाई सरकारको नेतृत्व नदिन देउवालाई कांग्रेस सांसदहरूको दवाव



काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा सरकारको नेतृत्व नछाड्न दबाब दिएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन दबाब दिएका हुन्।

निर्वाचनमा जनताले कांग्रेसको नेतृत्वमा सरकार बनाउन म्यान्डेट दिएको भन्दै उनीहरूले ३२ सिटको माओवादीलाई नेतृत्व छाड्न नमिल्ने सुझाव दिएका थिए। ‘निर्वाचनको म्यान्डेटले पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन भनेको छ। हाम्रा सबै माननीयज्युहरूको अडान पनि त्यही हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले भने, ‘अधिकांश माननीयज्युहरूले ३२ सिटको माओवादीलाई नेतृत्व नछाड्न सुझाव दिनुभएको थियो।’

कांग्रेस सांसदहरूले प्रचण्डको पदलोलुपता गठबन्धनका लागि हानिकारण भएको समेत बताएका थिए। अघिल्लो निर्वाचनमा ५३ सिट जितेको माओवादीले सभामुखमा चित्त बुझाएको भन्दै कांग्रेस सांसदहरूले अहिल्यै नेतृत्व सुम्पिन नहुने सुझाव देउवालाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्