सरकार गठनका लागि बालुवाटारमा सांसदहरुको हस्ताक्षर संकलन गर्दै कांग्रेस
काठमाडौं।नेपाली कांग्रेसका निर्बाचित प्रतिनिधिसभा सदस्यहरु प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भेला हुने क्रम सुरु भएको छ।

नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले १२:३० बजे बालुवाटारमा बोलाएपछि कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला हुने क्रम सुरु भएको हो।भेलामा सरकार गठनका लागि सांसदहरुको हस्ताक्षर संकलन पनि गरिने बताईएको छ।
यसअघि पुस ६ मा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाले आफू दलको नेतामा चुनीय पछि पहिलोपटक सांसदहरूसँग छलफल गर्दैछन् । प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।

