लिखुपिकेले घरघरमै पुगेर दीर्घरोगीहरुको स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि बितरण गर्ने
सोलुखुम्बु। लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई घरमै पुगेर दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण र नि:शुल्क औषधि वितरण गर्ने भएको छ।

बिहिवार कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिकाको बार्षिक निति तथा कार्यक्रम अनुसार नियमित रुपमा दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको बताउंदै तत्काल नजिकको स्वास्थ्य संस्था र एक महिनापछि स्वास्थ्यकर्मीमार्फत घरघरमै पुगेर बितरण गरिने जानकारी दिइन।
उनले नियमित औषधि सेवन गर्ने दीर्घ रोगीहरुलाई आफुले खाने औषधिको नाम टिपाउन छुटेको भए स्वास्थ्य संस्थामा सम्पर्क गर्न सामाजिक सञ्जालमार्फत आव्हान समेत गरेकी छन् ।

