वीरेन्द्रोदय मावि मुक्लिमा पाँच दिने शिक्षक तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित ५ दिने शिक्षक तालिम आजबाट वीरेन्द्रोदय मावि मुक्लिमा सुरु भएको छ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा थुलुङदुधकोशी गाउंपालिकाका सामाजिक विकास समिति बुद्धिराज राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन भएको हो।
कार्यक्रममा वडा न ६ का अध्यक्ष महिन्द्रदीप राई , शिक्षा शाखा प्रमुख गणेश गुरुधामीको उपस्तिथि रहेको थियो।तालिममा गाउँपालिकाका विभिन्न विद्यालयका ८९ जना शिक्षकहरु र २ जना स्थानीय स्रोत शिक्षकको उपस्तिथि रहेको बताईएको छ।
५ दिनसम्म चल्ने तालिममा सामाजिक, टेक्नोलोजी , अङ्ग्रेजी ,गणित र विज्ञान विषयलाई समेटेर र प्रशिक्षण गरिने छ, १५ विद्यालय रीड नेपालको तर्फबाट र बांकी विद्यालयलाई पालिकाको तर्फबाट तालिममा समावेश गरिएको छ।तालिममा बिष्णुप्रसाद उपाध्यायले सामाजिक,शरद गौतमले गणित,राजीव ढुंगानाले विज्ञान र मुक्ति घिमिरेले अंग्रेजी बिषयमा प्रशिक्षण दिइरहेका छन् ।
त्यस्तै नेचा सल्यान गाउँ पालिकामा र माप्य दुधकोशी गाउँपालिकाका २०/२० जना जेण्डर फोकल शिक्षकलाई ३ दिने लैङिक समानता तथा सामाजिक समावेशीकरण सम्बधी ३ दिने तालिम आज सम्पन्न भएको छ।

