नेलेका आगलागी पीडित प्रतिपरिवारलाई थुलुङदुधकोशीले ५० हजार राहत दिने



सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाको नेलेमा भएको आगलागीका पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।

आगलागीका कारण घर पुर्णरूपमा क्षति हुने प्रतिपरिवारलाई रु.५० हजार राहत प्रदान गर्ने अध्यक्षस्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार आंशिक क्षति हुने प्रतिपरिवारलाई रु.२५ हजार दिइने छ । मंगलबार दिउँसो करिब ४ बजे वडा नं १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पुर्णरुपमा नष्ट भएका छन् । यस्तै दुई घर आंशिकरुपमा नष्ट भएको छ भने अन्य विभिन्न पसलमा समेत क्षति हुँदा करोडौको नोक्सान भएको प्रहरीले जनाएको छ । उक्त घटनाप्रति गाउँपालिकाले दु:ख व्यक्त गरेको छ ।

उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दुधकोशी गाउँप्रहरी, सोलुदुधकुण्ड नगरपालिका, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीय वासिन्दा लगायत सहयोगी सबैलाई धन्‍यवाद ज्ञापन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्