एमाले नेता बस्नेत र राईले दिए मतदाताहरुलाई धन्यवाद



सोलुखुम्बु।नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश निर्बाचन क्षेत्र ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेतले आफुलाई बिश्वास र भरोसा गरी मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्बाचनमा आफ्नो पक्षमा मतदान गरेर मतदाताहरुले दर्साउनुभएको सद्भाव र समर्थनप्रति धन्यवाद ज्ञापन गर्दै बस्नेतले सामाजिक सञ्जालमामार्फत भनेका छन-‘म माथि जुन विश्वास र भरोसा गर्नुभएको छ, त्यसको सदैव सम्मान गर्दै सदा यहाँहरुको साथमा रहने वचनबद्धता जाहेर गर्दछु।’

उता,नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष तथा प्रदेश निर्बाचन क्षेत्र निर्बाचन परिचालन समितिका संयोजक हर्क नाछिरिङ राईले निर्बाचनको परिणाम आफ्नो पक्षमा आउन नसके पनि मतदाताका बीचमा गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन।

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्बाचनमा विविध कारणले हार ब्यहोर्नुपरे पनि प्रतिनिधसभा सदस्य र प्रदेश ‘ख’ का सांसदसंग समन्वय गरेर मतदातासंग गरिएका प्रतिबद्धता पुरा गरिने उनको भनाई छ।प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सदस्य मानबीर राई र प्रदेश ‘ख’ बाट बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सदस्यमा बिजय हांसिल गरेपनि जिल्लाको प्रदेश ‘क’ मा भने एमाले पराजित भएको छ।प्रदेश ‘क’ मा एमालेबाट पूर्ब प्रदेश राज्यमन्त्री उत्तमकुमार बस्नेत उम्मेदवार थिए।सो क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा बिजयी भएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिंदै उनले प्रतिनिधिसभा सदस्यमा मानबीर राईको बिजयले साम, दाम,दण्ड,भेद बिना राजनीति सफल हुँदैन भन्ने मान्यतालाई समेत आंशिक रूपमा चुनौती दिएको उल्लेख गरेका छन्। राजनीतिमा ईमान लोप भई रहेको अवस्थामा सगरमाथाको जिल्लाबाट ईमानको जित भएको उल्लेख गर्दै उनले भनेका छन्,-‘राइको यो जित सोलुखुम्बु जिल्लामा जुनसुकै बिचार समुहबाट पार्टी विधि नीति भित्र रहि इमान्दार राजनीति गर्नेहरुको जित हो।’त्यसकारण यो जित नेकपा एमालेको मात्रै नभै सिङ्गो सोलुखुम्बुको भएको बताउंदै उनले सम्पूर्ण जिल्लाबासीहरुलाई धन्यवाद प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस्