निर्बाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न पार्टी पुरै परिचालित हुनेछ : अध्यक्ष बांस्तोला



काठमाडौं।नेकपा एमालेका अध्यक्ष डुफकुमार बास्तोलाले निर्बाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न पार्टी पुरै परिचालित हुने बताएका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेका उम्मेदवार मानबीर राई प्रतिनिधिसभा सदस्य र बुद्धिकुमार राजभण्डारी प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट प्रदेश एक सभा सदस्यमा निर्बाचित भएपछि मतदातालाई बधाई दिंदै बाँस्तोलाले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धन्यवाद दिंदै बास्तोलाले ङ्सिर ४ को निर्वाचन सम्पन्न भइ परिणाम आइसकेको छ ।उनले जनताका अपेक्षा ,आवश्यकता र गरिएका प्रतिबद्धता पूरा गर्न तर्फ लाग्न पनि आग्रह गरेका छन् ।

राईले लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र राजभण्डारीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिबकुमार बस्नेत ‘राजेन्द्र’ लाई पराजित गरेका थिए।प्रदेश निर्बाचन क्षेत्र ‘क’ बाट भने गठबन्धनकै उम्मेदवार गोम्बु शेर्पा ‘कर्ज्याङ’ निर्बाचित भएका छन्।एमाले उम्मेदवार उत्तमकुमार बस्नेत शेर्पासंग झिनो मतान्तरले पराजित भएका थिए।

अध्यक्ष बास्तोलाले आम पार्टी कार्यकर्ता,निर्वाचनमा सहभागी भइ जीत निकाल्न नेकपा एमालेको सूर्य चिन्नमा मतदान गर्नुहुने र देश-बिदेशमा रहेर सामाजिक सञ्जालमार्फत प्रचारमा सहयोग पुर्‍याउने लगायत सबैलाई पक्षलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्