जसलाई पार्टीले पत्याएन,जनताले पत्याए



काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्।
सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

उता,प्रतिनिधि सभाको टिकट नदिएपछि नेकपा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन्।

कहटरी गाउँपालिकामा रहेको जीवन विकास संस्थाका सञ्चालक रहेका मण्डलले २१ हजार ८ सय २० मत हासिल गर्दै प्रतिनिधिसभा सदस्यमा बिजयी भएका हुन्।

पाँच दलको सत्ता गठबन्धन र एमाले जसपाको गठबन्धनलाई चुनौती दिँदै प्रतिस्पर्धामा उत्रिएका मण्डलले प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल ४ हजार ३ सय ३४ मतको अन्तरले पराजित गरेका हुन । मण्डलले १७ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्