सोलुखुम्बुको प्रदेशसभा ‘क’ मा शेर्पा बिजयी,प्रतिनिधिसभा सदस्यमा एमालेका राई बिजय नजिक
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमकुमार बस्नेतलाई १६ सय ३७ मतान्तरले पछि पार्दै शेर्पा प्रदेश एक सभा सदस्यमा निर्बाचित भएका हुन।शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले ८ हजार ३ सय ९८ मत प्राप्त गरेको निर्बाचन कार्यालयले जनाएको छ । उक्त प्रदेशमा जम्मा २० हजार ४०४ मत खसेको थियो ।
पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् । २ वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लाको (ख) तर्फ एमालेका बुद्दि कुमार राजभण्डारी विजयी भएका छन् ।
उता प्रतिनिधिसभा सदस्यमा भने गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई दुई हजार बढी मतले पछि पार्दै एमाले उम्मेदवार मानबीर राई बिजयको नजिक पुगेका छन् ।प्राप्त पछिल्लो परिणाम अनुसार राईको १५९५६ र केसीको १३८८९ प्राप्त गरेका छन्।

