सोलुखुम्बुको प्रदेश ‘ख’ बाट एमाले उम्मेदवार राजभण्डारी भारी मतान्तरले बिजयी



सोलुखुम्बु ।सोलुखुम्बु जिल्ला प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी निर्बाचित भएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शिबकुमार बस्नेतलाई भारी मतान्तरले पराजित गर्दै राजभण्डारी प्रदेशसभा एक सदस्यमा निर्बाचित भएका हुन्।गठबन्धनका उम्मेदवार बस्नेतले
६ हजार ८१५ मत प्राप्त गर्दा राजभण्डारीले दस हजार १२८ मत प्राप्त गरेका छन् ।

प्रदेश एक सभा सदस्यका रूपमा उनको यो दोश्रो कार्यकाल हो।२०७४ सालको निर्बाचनमा पनि प्रदेशसभा सदस्यमा निर्बाचित भएका थिए।उनले नेकपा एमाले प्रदेश एक संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी कुशलता पूर्बक निर्बाह गरेका थिए।

सोलुखुम्बुमा संघ र प्रदेश क को मत गणना जारी छ।प्रतिनिधिसभा सदस्यमा पनि एमालेकै उम्मेदवार म्मानबीर गठबन्धनका उम्मेदवार बल बहादुर केसीभन्दा झण्डै एक हजार मतले अघि छन् ।प्रदेश क मा भने गठबन्धनका गोम्बु शेर्पा भन्दा एमाले उम्मेदवार उत्तमकुमार बस्नेत पछि छन् ।

प्रतिक्रिया दिनुहोस्