नेपाली कांग्रेसबाट थप चार जना बिजयी (नामावली सहित)



काठमाडौं।झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।नेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन्।

शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका हुन्। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका खरेलले भने २५ हजार ३४९ मत प्राप्त गरेका छन्।खरेलभन्दा शर्माले १४ हजार २७५ बढी मतान्तरले जितेका छन्।

त्यसैगरि तनहुको क्षेत्र नं-२ मा नेपाली कांग्रेसका शंकर भण्डारी बिजयी भएका हुन्।

ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । उनले ३३ हजार ५५६ मतसहित विजयी भएका हुन।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । त्यस्तै, जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरिन् ।

पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।नेपाली कांग्रेसबाट यसअघि १३ जना बिजयी भइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्