धवलशम्शेर बने यसपटक प्रतिनिधिसभा सदस्यमा निर्बाचित हुने पहिलो राप्रपा नेता



काठमाडौं।राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित हुने धवलशम्शेर राणा पहिलो नेता बनेका छन् ।राणा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन ।

उनी २९ हजार ५ सय ७३ मतका साथ विजयी भए । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्