चट्याङ लागेर एकैपटक तीन जनाको ज्यान गएपछि गाउँ नै शोकमग्न
काठमाडौं।रौतहटको गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा चट्याङ लागेर एकैपटक तीनजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषाकुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रूपेशकुमार सिंहले बताएका छन ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिए । चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।
खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।

